अन्नपूर्ण क्षेत्रमा भित्रिने पर्यटकको संख्यामा नयाँ रेकर्ड, सबैभन्दा धेरै भारतबाट
काठमाण्डु– गत आर्थिक वर्षमा १ सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ रहेका छन् ।
