सरकारको कर प्रोत्साहन कार्यक्रम : सक्कली बिल लिनुहोस् १ लाखदेखि १० लाखसम्म जित्नुहोस्
काठमाण्डु– सरकारले कर प्रणालीलाई थप पारदर्शी, प्रभावकारी बनाउन र उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो ।
