देशभरका ५ सडक पूर्णरुपमा अवरुद्ध, जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीको आग्रह
काठमाण्डु– लगातार परेको वर्षासँगै आएको बाढीपहिरोले देशका ५ प्रमुख राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। मंगलबार बिहानको विवरण अनुसार इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका हुन्।
