१ हजार २५० मेट्रिकटन डिएपी मल आज रक्सौल आइपुग्ने
काठमाण्डु– कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।
