१५ सय कन्टेनर सामान चीनमै ‘ब्लक’: भरिया लगाएर नाका कटाइँदै, दशैँ तिहारमा महँगीको जोखिम
बाढी तथा पहिरोका कारण चीनबाट नेपाल आउनुपर्ने सामान उतै रोकिएको छ । बाढी र पहिरोका कारण तातोपानी र रसुवागढी नाका करिब करिब ठप्प हुँदा झण्डै १५ सय नेपाली कन्टेनर सामान चिनियाँ भूमीमै रोकिएको व्यवसायीहरुले बताएका छन् ।
