नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आज कम्पनीको १०० प्रतिशतले हुन आउने १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
