“Road to IPO” कार्यशाला सम्पन्न
एनआईएमबि एस क्यापिटल लिमिटेडले पायोनियोर ल एसोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा “Road to IPO” नामक कार्यशाला सम्पन्न गरेको छ। विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (Initial Public Offering) को प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको क्यापिटलले जनाएको छ।
