मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने निर्णय
काठमाण्डु – मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा सोमबार बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुनजन्य विपद् वा महामारी जस्ता संकटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो ।
