बेलायतको नयाँ प्रधानमन्त्रीमा बर्नहम नियुक्त
लण्डन – बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त भएका छन् । गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन् । बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ ।
