अमेरिका–इरान तनाव चर्किँदा कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो, शेयर बजारमा अन्योल
काठमाण्डु– संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्यांकन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ ।
