चितवन र मुगुमा दुई महिलाको शव फेला, पहिचान खुल्न बाँकी
चितवन । चितवन र मुगुमा दुई महिलाका शव फेला परेका छन् । दुवै घटनामा मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५ देखि ४० वर्षीया महिलाको शव फेला परेको हो ।
