SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ १०:०२ PM · 1 मिनेट पढाइ

स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि

काठमाडौं । साबिक विजेता अर्जेन्टिनालाई हराउँदै युरोपेली च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ ।  अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित अर्जेन्टिनालाई हराउँदै स्पेन १–० ले विजयी भएको हो ।  खेलको १०६औं मिनेटमा स्पेनका फेरान टोरेसले गरेको गोल नै स्पेनलाई जिताउन निर्णायक साबित भयो ।