कांग्रेसको संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूहले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरेको हो ।
