चन्द्रागिरीबाट ठूलो परिमाणमा लागूऔषधसहित २ जना सशस्त्रको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् ।
