कुलेश्वरमा गोली चलाएर प्रहरीले लियो दुई लागुऔषध कारोबारी नियन्त्रणमा
काठमाडौं । प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले आइतबार दिउँसो कुलेश्वरमा गोली प्रहार गरी २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय रहेका छन् । प्रहरीले उनीहरुलाई कुलेश्वरको पुल नजिकै गोली प्रहार गरेको हो ।
