SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

औद्योगिक क्षेत्रले राज्य कोषलाई बुझाए झण्डै आधा अर्ब

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले बताए ।