SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेको थिए ।