स्मार्ट शिक्षाको प्रवर्द्धनका लागि विश्व निकेतन माविसँग एडीबी र ह्वावे नेपालको सहकार्य
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गरेका छन् । यस पहलले डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सकिने सम्भावना प्रदर्शन गर्ने विश्वास लिइएको छ ।
