SHARE
लोक पथ · आइबार​ ३ साउन २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

खहरे खोलाले लियो वृद्धसहित दुईको ज्यान, खोजतलास गर्दा भेटियो शव

खोटाङ । खोटाङमा शनिबार साँझ भारी वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार छन् ।  राईको स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको हो ।