जोर्डनमा २ अमेरिकी सैनिक मारिएपछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो, ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण
दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।
