प्रदेशमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति गगन थापाको विमति, भने– ‘जनमतको अपमान’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् । आइतबार (साउन ३) ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए ।
