एमालेले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई प्रशिक्षण दिँदै
काठमाण्डु – संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन नेकपा (एमाले)ले सांसदहरूलाई प्रशिक्षण दिन लागेको छ । पार्टीको संसदीय विभागले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
