मोदीको भिडिओ भाइरल, २४ घण्टामै ३० करोडभन्दा बढी भ्यु पाएर बनायो विश्व कीर्तिमान
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणबारे सार्वजनिक गरेको भिडिओले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान कायम गरेको छ । मोदीले प्रश्नपत्र चुहावट घटनामा सरकारले चालेका कदम र आगामी योजनाबारे जानकारी दिँदै इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको हो ।
