SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आज काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको थियो । पाण्डेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुगेका थिए ।