SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

गोरखा प्रशासनलाई गृहमन्त्रीको निर्देशन : ‘नागरिकता वितरणमा ढिलाइ नगर्नू’

गोरखा । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालय गोरखालाई नागरिकता वितरण प्रक्रियालाई थप छिटो, सरल र सेवामुखी बनाउन निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय गोरखाको निरीक्षणका क्रममा उनले नागरिकले अनावश्यक सास्ती भोग्न नपरोस् भन्दै आवश्यक प्रक्रिया पूरा भएका सेवाग्राहीलाई १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।