SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

सरकारको कार्यशैलीप्रति कुलमान घिसिङको असन्तुष्टि, भने– ‘यही तालले सरकार पाँच वर्ष टिक्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले यस्तो आरोप लगाएको हुन् । उनले दुईतिहाइ बहुमतको सरकार जनताको विश्वास र अपेक्षाका आधारमा बनेकाले नागरिकका समस्या समाधान गर्न जिम्मेवार हुनुपर्ने बताएका छन् ।