नेपालमा वैशाखदेखि हालसम्म विपदबाट १६४ जनाको मृत्य, ४५ सय परिवार प्रभावित
काठमाडौं । मुलुकभर सक्रिय रहेको मनसुनका कारण विगत २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् ।
