चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
काठमाडौं । चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार बिहान पेङशुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा १० भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
