श्रम शोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकहरूको प्रदर्शन
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भइरहेको भन्दै शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध संघर्ष समिति गठन गरेर आफ्ना माग सार्वजनिक गरेका हुन् ।
