SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ११:१० AM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङमार्ग प्रवर्द्धनका लागि ‘टनेल रन एण्ड वाक’, साउनभित्र सञ्चालन गर्ने तयारी

काठमाडौं । सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल रन एण्ड वाक’ कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा आयोजना गरिएको हो ।