खानेपानी मन्त्री र वीरगञ्जका मेयरलाई धम्की दिने युवती पक्राउ
वीरगञ्ज – खानेपानी मन्त्री र वीरगञ्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोन गरी धम्की दिने वीरगञ्ज महानगरपालिका–२४ रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
