महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल सम्भव छैन : पूर्वराष्ट्रपति भण्डारी
वीरगञ्ज – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायी लगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन् । उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार उनले व्यक्त गरेकी हुन् ।
