मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा
काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मेलम्ची वर्षा मापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।
