धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दासको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा सर्टगनका तीन राउण्ड गोली बरामद गरिएको थियो ।
