SHARE
लोक पथ · शनिबार २ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

धनुषामा एक सातामै १२५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम । अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको जनाएको हो ।