SHARE
लोक पथ · शनिबार २ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको नयाँ सेवा : हराएको वा बिग्रेको सिम अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सुरु गरेको छ । शुक्रबारदेखि लागू गरिएको यस सेवामार्फत ग्राहकले घरमै बसेर आवेदन दिएपछि सहज रूपमा नयाँ फिजिकल सिम वा ई–सिम प्राप्त गर्न सक्नेछन् ।