SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

सरकारको विवादित निर्णयबारे रविको जवाफ : ‘नियत हेर्नुस्, आवश्यक परे सुधार हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णयबाट समस्या आए त्यसलाई सच्याउन सकिने बताएका छन् । रौतहटमा विभिन्न राजनीतिक दलका नेतासँगको छलफलमा उनले निर्णयभन्दा नियत महत्त्वपूर्ण हुने बताएका हुन् । उनका अनुसार निर्णय गर्दा कहिलेकाहीँ विवाद वा समस्या आउन सक्छ, तर त्यसले जनतालाई हानि गरेमा परिवर्तन गर्न सकिन्छ ।