SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

विपद् प्राधिकरणले भन्यो- ‘आज र भोलि अति भारी वर्षाको सम्भावना छ, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउनू’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।