SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

बागमती सरकारबाट एमालेको बहिर्गमन, ६ मन्त्रीले राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि नेकपा एमालेले पनि सरकार छाड्ने भएको छ । एमाले केन्द्रीय नेतृत्वको निर्देशनपछि बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको हो । कांग्रेसले सत्ता सहकार्य तोड्ने निर्णय गरेसँगै एमालेले पनि सरकारमा रहिरहनुको औचित्य नरहेको निष्कर्ष निकालेको जनाएको छ ।