पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
काठमाडौं । नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री भीम कार्कीले एक समारोहबीच उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
