गरिमा विकास बैंकले ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर गरिमा विकास बैंकले ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको जनाएको छ ।
