SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क संकलन गर्दै बनायो नयाँ कीर्तिमान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्ष पूरा गरेको अवसरमा नेपालको जीवन बिमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपीआई) संकलन गरेको हो ।