जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवाद : स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ । सरकारले एकातिर अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन ९ सदस्यीय समिति गठन गरी अभियान चलाइरहेको बेला, अर्कोतर्फ संस्थानले नै मोटो रकम लिएर जग्गा लिजमा उपलब्ध गराएको भन्दै विरोध सुरु भएको हो ।
