SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

मधेसमा ५८ प्रतिशत मात्रै धान रोपाइँ, समयमै वर्षा नहुँदा किसान चिन्तित

जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।