SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

डडेल्धुरामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढीदेखि दार्चुलातर्फ जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० बरुणबहादुर सिंहले जानकारी दिए ।