SHARE
लोक पथ · शनिबार २ साउन २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डेको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले डा.पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।