राजविराज कारागारमा तनाव : पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीच उत्पन्न विवादका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ । विवाद चर्किएपछि पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । कारागार प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो । सोही विवादका कारण असन्तुष्ट समूहले आत्मदाहको प्रयास गरेको उनले बताए ।
