SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते

एजेन्सी । भारतको पूर्वी राज्य ओडिसामा बिहीबार एक धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् । ओडिसाको पुरी क्षेत्रमा आयोजित वार्षिक धार्मिक उत्सवमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेका बेला सो दुर्घटना भएको हो । अत्यधिक भीडका कारण स्थिति नियन्त्रणबाहिर गई भागदौड मच्चिएको बताइएको छ ।