SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०१:१६ AM · 1 मिनेट पढाइ

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

कर्णाली । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुगेका छन् । सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए ।