कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ । शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जानकारी दिए ।
